arrow

अनेक गरिन्छ तर सत्ता जोगाइन्छ

रवि लामिछानेलाई आँखा खोल्न रास्वपाका नेता कार्कीको आग्रह

‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’ वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
ganesh-karki-rsp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् । 

उनले भनेका छन्– ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्याउने सत्तासम्मन् हो तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनु पर्छ । ‘म हुन्न भने यो कुर्सी नै भाँचिदिन्छु’ वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।

अघिल्लो स्टाटस लेखेको थिएँ ‘हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्रबहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुःखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।’ पटक पटक लेख्छु, आँखा खोलौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ