arrow

तनहुँसहित तीन जिल्ला जोड्ने पराशर मार्गमा स्तरोन्नति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
Tanahun_District.png
तस्बिर-फाइल

तनहुँ । तनहुँसहित तीन जिल्ला जोड्ने पराशर मार्गमा स्तरोन्नति सुरु गरिएको छ । लमजुङको पश्चिम, कास्कीको पूर्वी र तनहुँको उत्तरी भेग जोड्ने मार्गमा पक्की नालासहित कालोपत्रको काम अघि बढाइएको हो । 

आयोजनाबाट तीन जिल्लाका हजारौँ बासिन्दा प्रत्यक्ष लाभान्वित हुने व्यास नगरपालिका सिनियर इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाको गौरव आयोजनाको रुपमा लिइएको छ । 

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल-एसिपिएल जेभी र नगरपालिकाबीच सम्झौता भई निर्माण कार्यअघि बढाइएको नगरपालिकाले जनाएको छ । 

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्र प्रवेश नगरी पोखरा जाने वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिने इञ्जिनियर पौडेलले  बताए । 

उक्त पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुँवा बेल्टारी, अधेरी भञ्ज्याङ, पोखरेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० दशमलव पाँच सय ५० किलोमिटर दूरीमा नालासहितको कालोपत्र गरिनेछ ।  

विश्व बैंकको अनुदान सहयोगमा व्यास-७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड निर्माण गरिनेछ, उनले भने, “आयोजनाका लागि भ्याटसहित रु ४० करोड ४३ लाख ३५ हजार नौ सय २१ बजेट रहेको छ ।” 

विसं २०८२ असारभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको नगरपालिका कार्यालयले जनाएको छ । 

परामर्श संस्थाका रुपमा बिओटीइके–जिओइसी जेभी काठमाडौँ रहेको छ । नगरपालिकाले तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेको उक्त आयोजना छनौटमा परेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिएए ।

उनका अनुसार शहरी विकास मन्त्रालय भवन विभागअन्तर्गत उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ