arrow

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा छ जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
information_ministry.jpg

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी परेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का (रुकुमपश्चिम), सङ्गीता खड्का (काठमाडौँ), डा मधुसुधन न्यौपाने (काठमाडौँ), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुुली)को उम्मेदवारी परेको छ ।
 
समितिको अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूचनाबमोजिम दरखास्त माग गरिएकामा उनीहरूले दरखास्त दिएका थिए । 

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार उनीहरूको दरखास्त स्वीकृत भएको छ ।
 
श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ