arrow

जिप्रका काभ्रेमा टोल फ्री नम्बर

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ वैशाख ३० आइतबार
tole-free-kavre.jpg

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्री नम्बर संचालनमा ल्याएको छ । बैशाख ३० गते आइतबारबाट प्रशासनले टोल फ्री नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो ।

प्रशासन कार्यालयबाट प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन, सेवाग्राहीको समस्या गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह सुझावसमेत प्राप्त गर्न टोल फ्री नं संचालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

टोल फ्री नम्बरमा कल गर्दा सेवाग्राहीलाई शुल्क लाग्दैन । जुनसुकै सेवा प्रदायकको सिमबाट पनि सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

उक्त सेवा सेवाग्राहीको गुनासा र समस्या सम्बोधन गर्न बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घण्टा संचालनमा रहनेछ ।

सेवाग्राहीबाट प्राप्त भएको गुनासो लिखित रुपमासमेत अभिलेख राखी क्रमशः समाधान गर्दै लगिने प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ