arrow

जसपा नेपाल सरकारबाट बाहिरिएपछि फुटेर बनेको जसपाबाट तीन जना मन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
jasapa-samsad-81-1-31.jpg

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ । 

जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खानलाई राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । 

जसपा नेपाल सरकारबाट बाहिरिएपछि जसपा नेपालको ठाउँमा जसपा भित्रिएको हो । यसअघि बिहान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । 

उपेन्द्र अमेरिकामा भएका बेलामा जसपा नेपाल टुक्रिएर जसपा बनेको थियो । जसपा नेपालका १२ सांसद रहेकामा फुटेर बनेको जसपामा ७ सांसद छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ