arrow

सहकारीका ठगलाई कारबाही गर्न माग गर्दै महिला संघको विरोध र्‍याली 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
wa-sahakari.jpg

काठमाडौँ । सरकारीका गठलाई कारबाही गर्न माग गर्दै नेपाल महिला संघले विरोध र्याली गर्ने भएको छ । 

संघले सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न विरोध र्याली गर्ने जनाएको छ । 

र्याली मंगलबार दिउँसो १ः३० बजे रत्नपार्कको शान्तिबाटिकामा हुने पनि संघले जनाएको छ । 

महिला संघले विरोध र्यालीमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ