arrow

पश्चिमी युगाण्डामा हिंसाबाट ५५ जनाको मृत्यु, राजा नै हिरासतमा

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
uganda.jpeg
युगाण्डा । पश्चिमी युगाण्डामा हिंसा मच्याएको आरोपमा सुरक्षाकर्मीले राजालाई नै हिरासतमा लिएको छ । प्रहरीले रबेनजुरुरुका राजालाई नियन्त्रणमा लिएको हो । 
 
प्रहरी र राजाका समर्थक लडाकुबीच भएको हिंसामा ५५ जना मारिइसकेका छन् । अझै थुप्रै मरेको शंका गरिएको छ । घटनामा सयौं घाइते भएका छन् । 
 
सुरक्षाकर्मीले राजा चाल्र्स वेल्से मेम्बेरेको दरबारमा छापा मारी उनलाई नियन्त्रण लिए पनि आफूमाथि लगाइएको आरोप भने स्वीकार गरेका छैनन् । 
 
अहिलेसम्मको हिंसामा कम्तीमा १४ जना प्रहरी र ४१ जना लडाकु मारिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ