arrow

जयपुरका चार विद्यालयमा बम विस्फोट गराउने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
school-closed.jpg
तस्बिर – सांकेतिक ।

नयाँदिल्ली । पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाइ बोलाएको छ छ । 

इमेलमा प्राप्त धम्कीले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । प्रहरी कारबाहीमा उत्रिएको छ र खोजी गर्न विद्यालयमा धेरै बम डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ ।

तथापि अहिलेसम्म शङ्कास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो ।

जयपुरका पुलिस कमिश्नर बिजु जर्ज जोसेफले मिडियालाई चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिनुभयो । प्रहरी विद्यालयहरूमा पुगिसकेको छ । 

अन्तिम समाचार नआएसम्म विद्यालयमा खोजी कार्य जारी रहेको थियो । इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो । 

यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट ठूलो त्रास बढेको थियो ।

सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की प्राप्त भएको थियो । पछि ती धम्की अफवाह सावित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ