arrow

अमेरिका छोड्न मुसलमानहरुलाई धम्की

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
musalman.jpeg
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा मुसलमानहरुलाई अमेरिका छोड्न धम्की दिइएको छ । अमेरिकी मुसलमानको संगठन काउन्सिल अफ अमेरिकन–इस्लामिक रिलेसन्सका अनुसार क्यालिफोर्निया राज्यका तीन मस्जिदमा पत्र पठाएर अमेरिका छोड्न धम्की दिइएको हो । 
 
धम्कीयुक्त पत्रमा मुुसलमानलाई निकै तल्लो स्तरको गालीसमेत दिइएको संगठनले जनाएको छ । 
 
पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको खुलेर प्रशंसा गर्दै उनले अमेरिकालाई सफा गर्ने पनि बताइएको छ । 
 
अमेरिकी मुसलमानको संगठनले घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई मागसमेत गरेको छ । 
 
ट्रम्पले चुनावी अभियानका क्रममा मुसलमानलाई अमेरिकामा बस्न नदिने जनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ