arrow

सहकारीका बचतकर्ताहरूको पक्षमा नेपाल महिला संघ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
mahila-sangh-sahakari-birod.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ सहकारीका बचतकर्ताहरुको पक्षमा उभिएको छ । संघले मंगलबार सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्नका लागि राजधानीको रत्नपार्कमा विरोध कार्यक्रम गरेको हो । 

विरोध सभामा नेपाली कांग्रेसका नेताहरु, महिला संघका नेताहरु तथा कांग्रेस निकटका विभिन्न संगठनका नेताहरुले सम्बोधन गरेका थिए । 

विरोध सभामा गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा मुछिएको भन्दै कारबाही गर्न माग गरिएको थियो । 

कांग्रेसले अढाइ महिनादेखि निरन्तर सहकारी पीडितको पक्षमा आवाज उठाउँदै आएको छ । उसले संसदमै गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । 

mahila-sangh-sahakari-birodh-81-2-1 (1).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (2).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (3).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (4).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (5).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (6).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (7).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (8).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (9).jpg
mahila-sangh-sahakari-birodh-81-2-1 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ