- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यूएई विरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले यूएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन ।
नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो ।
नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।
नेपाली टिम–
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।