arrow

तीन खर्ब भन्दा बढी लागतको बुढीगण्डकी आयोजनाको निर्माण थाल्ने सरकारको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1v.jpg

काठमाडौँ । सरकारले आगामी वर्षदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण थाल्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । 

बुढीगण्डकी आयोजनाको लागत ३ खर्ब १७ अर्ब निर्धारण गरिएको छ । अहिले उक्त परियोजनाका लागि लगानीको विभिन्न मोडलबारे छलफल भइरहेको छ । उक्त आयोजना नेपाली लगानीमै बनाउनेबारे छलफल हुँदै आएको छ । १२०० मेगावाटको उक्त आयोजना पूर्ण जलाशययुक्त हुनेछ । 

त्यस्तै नलसिंहगाड जलविद्युत् आयोजनाको निर्माणसमेत यो वर्षदेखि शुरु गरिने राष्ट्रपति पौडेलले बताए । यो ४ सय १७ मेगावाटको आयोजना हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ