arrow

यसै त प्रचण्डमाथि परिवारमोहको आरोप, थपियो  ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’, सदनमा हाँसो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1p.jpg

काठमाडौँ । राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेपछि सदनमा हाँसो छाएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामभन्द्र पौडेलले यो कार्यक्रम घोषणा गरेका थिए । 

यो कार्यक्रमले देशका किशोरीहरुलाई आर्थिक उपार्जनमा सहभागी बनाएर आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । 

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारमोहको आरोप लाग्दै आएको छ । विशेषगरी छोरीहरुप्रति बढी नै उदार भएका उनले यस्तो कार्यक्रम ल्याएका हुन् । 

अहिले दाहालकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकीस मेयर हुन् । अर्की छोरी गंगा दाहाल प्रधानमन्त्रीको सल्लाहकारको भूमिकामा छिन् । यो कार्यक्रमलाई दाहालको पुत्री मोहसँग जोडेर सदनमा हाँसो छाएको हो ।

अन्यथा सरकारले ल्याएको यो कार्यक्रमप्रति भने सरकार पहिलेदेखि नै गम्भीर हुनुपर्ने थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ