arrow

परकम्पका कारण घरमा क्षति

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
earthquake.jpg.jpeg
पोखरा। आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ । 
 
परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पु¥याएको हो । 
 
केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् । बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५.६ रिक्टर स्केलको परकम्प गएको थियो । भूकम्प मापन केन्द्रले यो ‘गोरखा’ भूकम्पको परकम्प भएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ