arrow

देशका लागि विश्वकै तेस्रो बढी गोल गर्ने सुनील क्षेत्रीले लिए संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
sunil-chhetri-india-football.jpg

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सुनील क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो शेयर गर्दै उनले आफ्नो संन्यासको जानकारी दिएका हुन् ।

क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा शुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिन ।’

४० वर्षका क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

क्षेत्रीले १५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो (२०५ खेलमा १२८ गोल) र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्री सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनील क्षेत्री हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ