- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभामा विपक्ष दलहरुले नेपाली कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ ।
संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो । त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा कांग्रेससँगै राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भएका थिए ।
बैठकमा जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव , राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।
त्यस्तै नेपाली कांग्रेसबाट उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा सहभागी थिए ।