arrow

सरकारले संसदीय छानबिन समिति नबनाइ सुख पाउँदैन : पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
rajendra-pandey-80-12-28.jpg
तस्बिर – फाइल ।

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाइकन सरकारले सुख नपाउने बताएका छन् ।

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् ।

उनले भने, ‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबनि हुनुपर्छ । गिरीबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौँ । हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ