arrow

अस्ट्रेलियामा दुई सञ्चारकर्मीलाई भानुभवानी पत्रकारिता पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
austrila-patrakar.jpg

क्यानबेरा । अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै दुई जना सञ्चारकर्मीलाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ बाट पुरस्कृत गरिएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरामा शनिबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सिना र अभिषेक खड्कालाई `भानु भवानी पत्रकारिता पुरस्कार २०८१´ द्वारा सम्मान गरिएको हो । 

साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा सो पुरस्कार २०७० साल देखि प्रदान गरिँदै आइएको छ।क्यानबेरामा भानु परिवारद्वारा आयोजित एक विशेष कार्यक्रममाझ अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले तिमल्सिना र खड्कालाई सो सम्मान प्रदान गरेका हुन ।

भवानी घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै उनको सम्मानमा अस्ट्रेलियामा सक्रिय रहँदै आएका तिमल्सिना र खड्कालाई सम्मान गरिएको परिवारले जानकारी दिएको हो । उनी भानु भवानी नामले साहित्य क्षेत्रमा चर्चित साहित्यकार हुन।

कार्यक्रममा प्राध्यापक डा.गार्गी शर्मा, साहित्यकारहरू बसुधा नेपाल पोखरेल,शिबानी भट्टराई घिमिरे, ज्ञानुवाकर पौडेल , त्रिपूरा पौडेल लगायतको उपस्थिति थियो भने सहित्यकारहरुले आफ्ना रचना वाचन गर्दै स्वर्गीय घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। 

साहित्यकार घिमिरेकी छोरी महत्ता चापागाईँले बुवाको नाममा स्थापित पुरस्कार अब हरेक वर्ष अस्ट्रेलियामा नै प्रदान गरिने जानकारी दिइन। पुरस्कार को राशि खुलाइएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ