arrow

प्रचण्डले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
prachanda-pm-final-always.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् । 

यादवले आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्रीले सोमबार ७ गते लिने भनेको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन माग गरेका छन् ।

जसपा, नेपालको विभाजनको अन्तिम फैसला भने अदालतले यही जेठ ८ गते दिने भएको छ । उनले सर्वोच्चको सो फैसला नआउन्जेल विश्वासको मत लिने प्रक्रिया रोक्न माग गरेका छन् ।
 
प्रचण्डले सोमबार विश्वासको मत लिँदै गर्दा संसद बैठक बस्ने टुंगो अहिलेसम्म लागेको छैन । आइतबारको बैठक पटक पटक स्थगित भएर बस्न सकेन । 

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय समिति बनाउने माग गरी भएको अवरोध हट्ने लक्षण देखिए पनि ठोस रुपमा सहमति नसक्दा बैठकमा अवरोध आएको हो । 

प्रचण्डले चौथो पटक विश्वासको मत लिँदैछन् । जसपा नेपाल फुटेर जसपा बनेपछि प्रचण्डले फेरि विश्वासको मत लिन लागेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ