arrow

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक म्यानचेस्टर सिटीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
mancity-2024-winner.jpg

काठमाडौँ । म्यानचेस्टर सिटीले इङ्गलिश प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले आठौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । 

यस सिजनको अन्तिम खेलपछि सिटीले ३८ खेलमा ९१ अंक जोड्यो । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रह्यो । 

लिभरपुलले ८२ अंकसहित तेस्रो स्थान हासिल गर्यो । एस्टन भिल्ला ६८ अंकसहित चौथो तथा टोटनह्याम हट्सपर ६६ अंकसहित पाँचौँ भयो । 

लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ