arrow

आर्ने स्लट बने लिभरपुलको प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
arne-slot-liverpool-coach-2024.jpg

काठमाडौँ । आर्ने स्लट इङ्गलिश प्रिमियर क्लब लिभरपुलको प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।

४५ वर्षीय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्ड्सका स्लट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।

योर्गेन क्लोपले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ