arrow

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेसँग अर्बौंको सम्पत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौँ । सहकारी ठगीको आरोप खेप्दै आएका गृहमन्त्री रवि लामिछानेसँग अर्बौंको सम्पत्ति रहेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिष्द् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गृहमन्त्री लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा यस्तो सम्पत्ति देखिएको हो । 

विवरण अनुसार लामिछाने दम्पत्तिसँग चाबहिलमा २ रोपनी ९ आना जग्गा छ । गोपीकृष्ण मुभिजको नाममा रहेको १० रोपनी ८ आनामध्ये २५ प्रतिशत शेयर लामिछानेकी श्रीमती पौडेलको नाममा रहेको हो ।

त्यस्तै, बुढानीलकण्ठमा ५ आना जग्गा र भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको जनाइएको छ । बुढानीलकण्ठको उक्त जग्गा लामिछाने सम्पत्तिले ३ करोड ७५ लाख रुपैयाँमा किनेका थिए । 

त्यस्तै लामिछानेसँग अहिले ८० तोला सुन र १५ किलो भन्दा बढी चाँदी रहेको जनाइएको छ । सबै सम्पत्ति श्रीमतीको रहेको लामिछानेले उल्लेख गरेका छन् । 

नगदतर्फ भने आफ्नो नाममा १ लाख १० हजार र करिब ५ लाख ६० हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा देखिएको छ । गोपीकृष्ण मुभिजको नाममा ८ करोड ७५ लाख रुपैयाँ रहेको र त्यसको २५ प्रतिशत हिस्सा निकिताको हुने लामिछानेले उल्लेख गरेका छन् । 

यसबाहेक लामिछाने दम्पत्तिसँग ४२ लाख रुपैयाँ मूल्य पर्ने टाटा कम्पनीको नेक्सन ईभी गाडी र गोपीकृष्ण मुभी र नारी टिभीको नाममा झण्डै ४ करोड रुपैयाँको शेयर रहेको विवरणमा उल्लेख छ । 

लमिछानेले अधिकांश सम्पत्तिको स्रोत भने श्रीमती तर्फबाट आएको वा आफ्नो पैतृक सम्पत्ति देखाएका छन् । जबकि उनले अमेरिका बस्दा महिनाकै ४ करोड रुपैयाँ कमाउने गरेको बताउँदै आएका थिए । 

ग्यालेक्सी टेलिभिजनमा हुँदासमेत महिनाको साढे ४ लाख रुपैयाँ तलब लिने गरेका उनले अहिले आफूसँग जम्मा १ लाख १० हजार रुपैयाँ मात्रै रहेको देखाएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ