arrow

पहिलेको भन्दा बढ्यो प्रचण्डको सम्पत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ । यद्यपि उनले यसअधिको कार्यकालमा देखाएको सम्पत्ति विवरण भन्दा अहिले बढी देखिएको छ । 

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रचण्डसँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा उनकी स्वर्गीय पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमीन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्दात रहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ