arrow

कैलाश सिरोहिया संचार गृहमै पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
kailash-sirohiya-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगी सिरोहियालाई पक्राउ गरेको हो । 

उनी पक्राउ पर्दा अधिवक्ताहरु, संचारकर्मीहरु लगायत रहेका छन् । उनी कार्यकक्षमै पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न अपरान्ह प्रहरीको टोली कान्तिपुर ग्रुपमा पुगेकामा प्रक्रिया पूरा गरी साँझ ६ः३० बजे नियन्त्रणमा लिएको हो ।

उनलाई धनुषा लगिँदैछ । 

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

यसैबीच सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । 

कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृृढता व्यक्त गरेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहियाले सहकारी ठगीको अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनुपर्ने सञ्चारमाध्यमको जिम्मेवारी भएकाले उल्लेख गरेका छन् ।

ुसहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,ु अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ । 

उनले यस्ता सबै हर्कत भइरहे पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।

‘राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन’, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ