arrow

बदलाको भावनाले सरकार चल्छ भन्ने ठान्ने हो भने पतन निश्चित छ – युवराज घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
yubraj-ghimire-2081.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार युवराज घिमिरेले सरकारको नियत स्पष्ट देखिएको प्रतिक्रिया दिएका छन् । उनले बदलाको भावनाले सरकार चल्छ चन्ने ठान्ने हो भने पतन निश्चित रहेको बताएका छन् । 

गृहमन्त्री रवि लामिछानेले प्रतिशोध लिनका लागि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोसमेत उनले बताएका छन् । लामिछानेले सत्ताको दुरुपयोग गर्दै प्रतिशोध साँधिएको उनले बताए । 

वरिष्ठ पत्रकार घिमिरेले आफू स्वयं दुई ओटा नागरिकतामा कारबाहीमा परेका व्यक्ति भएकाले पनि जसरी सहकारी प्रकरणमा मुछिएपछि समाचार आएको भरमा सिरोहियामाथि पक्राउ गरियो यसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल लामिछानेलाई बर्खास्त गर्नुपर्ने बताए । 

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलले लोकतान्त्रिक गणतन्त्रको लागि लडेका प्रधानमन्त्री प्रचण्डले संचारगृहमा प्रवेश गराएर मिडिया संचालकलाई पक्राउ गर्नु दुर्भाग्य भएको बताए । 

संकटकालका बेलामासमेत सेना पनि मिडियाभित्र नछिरेको भन्दै अहिले मिडियामाथि आक्रमण गर्नु संसारकै मिडियाका लागि दुर्भाग्य भएको कंडेलले बताए । 
यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कसैले कसैमाथि नियत राखेर सत्ताको दुरुपयोग गर्न नपाइने बताए । उनले सबै मिडियालाई खबरदारी गर्न आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ