arrow

पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सिरोहियाको रिट सर्वोच्चमा पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
kailash-sirohiya-arrest-81-.jpg

काठमाडौँ । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । 

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मंगलबार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।

उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ