arrow

एलिटहरुले मात्रै पाउँछन् रास्वपामा अवसर, यस्तो छ चारै जना मन्त्रीहरूको सम्पत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
ravi-dp-sumana-biraj-rsp.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै मन्त्रीहरूसँग अथाह सम्पत्ति रहेको देखिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार रास्वपाबाट मन्त्री बनेका सबैसँग अर्बौंको सम्पत्ति रहेको देखिएको हो । 

अहिले रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीमा, उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्रीमा, शिक्षामन्त्रीमा सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ छन् । ती चारै जनाले उपलब्ध गराएको सम्पत्ति मन्त्रिमण्डलमा भएका अरु पार्टीका मन्त्रीहरुको भन्दा धेरै छ । 

यस्तो छ रास्वपाका चार मन्त्रीहरुको सम्पत्ति विवरण–

१, रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
जग्गाः बुढानीलकण्ठ नगरपालिकामा ५ आना, भक्तपुरमा १ रोपनी १ आना, चाबहिलमा १० रोपनीमध्येको २५ प्रतिशत
सुनचाँदीः ८० तोला सुन, १५–२० किलो चाँदी
नगदः ६ लाख ७८ हजार (विभिन्न बैंकमा)
शेयरः गोपीकृष्ण मुभिजमा ८ करोड ७५ लाख, नारी टिभीमा ३ करोड, गोपीकृष्ण कामाख्या प्रा।लि।को १ करोड मूल्य बराबरको 

२, डोलप्रसाद अर्याल
जग्गाः काठमाडौं महानगरपालिका–१६ मा २८ हजार वर्गमिटर (झण्डै १४ रोपनी), नागार्जुनमा १८ आना, टोखामा ४ आना, धादिङ गजुरीमा १२ आना, लमजुङमा १० रोपनी १२ आना  
सुनचाँदीः १५० तोला सुन १०० तोला चाँदी, १० तोला हिरा
नगदः २ करोड १५ लाख
शेयरः आफ्नो र श्रीमतीको नाममा विभिन्न कम्पनी र सहकारीमा झण्डै ६७ हजार कित्ता शेयर
सवारी साधनः प्राडो र टाटा नेक्सन गाडी 
अन्यः स्वयम्भु स्टार व्याङ्वेट, सुमिरे ट्राभल्स, इजी लिङ्क रेमिट र एपीए ह्यन्डिक्राफ्टको पूर्ण स्वामित्व

३, सुमना श्रेष्ठ
जग्गाः काभ्रेमा ८ रोपनी ६ आना जग्गा  
सुनचाँदीः ११ तोला सुन १०० तोला चाँदी, १ सेट हिरा
नगदः १ करोड ५३ लाख नेपाली रुपैयाँ, १ लाख ८९ हजार डलर र १ लाख ८० हजार पाउण्ड
शेयरः नबिल बैंकमा शेयर, विभिन्न व्यवसायमा लगानी
सवारी साधनः ई२० गाडी र स्कुटर
अन्यः अवकाश कोष र पेन्सन तथा पैतृक सम्पत्ति आउनै बाँकी

४, विराजभक्त श्रेष्ठ
जग्गाः काठमाडौंमा ६ आना जग्गा  
सुनचाँदीः १५ तोला सुन, ५० तोला चाँदी
नगदः विभिन्न बैंक र सहकारीमा झण्डै ८५ लाख नगद (ऋण ८० लाख)
शेयरः विभिन्न सूतीकृत कम्पनीहरुमा १ करोड ९ लाख रुपैयाँ बराबरको शेयर
सवारी साधनः ल्यान्ड क्रुजर र एमजी गाडी, स्कुटर
अन्यः ब्राण्डेड घडीहरु
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ