arrow

रविको कदममा प्रचण्डको साथ, प्रहरीको ब्रिफिङपछि प्रचण्डले भने ‘गो अहेड’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
prachanda-ravi-lamichane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशनमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । प्रधानमन्त्रीले समेत पक्राउ गरेर अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले थप अनुसन्धानका लागि धनुषा लगेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट सिरोहियाको नाममा नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो । ब्रिफिङपछि प्रधनमन्त्रीले अनुसन्धान गर्न ‘गो अहेड’ भनी निर्देशन दिएको स्रोतको दाबी छ ।

 ‘प्रहरीको उच्च नेतृत्वले प्रधानमन्त्रीलाई पक्राउ पुर्जीबारे ब्रिफ्रिङ गर्दा उहाँले अघि बढ्न निर्देशन दिनुभयो’, स्रोतले भन्यो । 

त्यसपछि प्रहरीले थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेर धनुषा पठाएका हुन् । 

सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ गरिएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको सहकारीको बचत अपचलन गरेको समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएपछि राज्य नै प्रतिशोधमा उत्रेको आरोप लागेको छ । 

गृहमन्त्री लामिछानेले गत आइतबार पनि प्रतिनिधि सभामा समेत पत्रिकामा प्रकाशित समाचारका आधारमा संसदीय छानबिन समिति गठन नहुने उल्लेख गर्दै धम्क्याएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले यसअघि पनि पटक–पटक मिडियामा प्रकाशित प्रसारित समाचारको प्रसंग उल्लेख गर्दै सार्वजनिक रूपमा धम्क्याउने गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ