arrow

पक्राउ परेपछि कैलाश सिरोहियाले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
kailash-sirohia-pakrau.jpg

काठमाडौँ । कान्तिपुरका मालिक कैलाश सिरोहिया मंगलबार पक्राउ परे । सिरोहिया थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका हुन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा उनलाई साँझ ६ः३० बजे पक्राउ गरिएको हो । 

सिरोहियाविरूद्ध जिल्ला अदालत धनुषाको अनुमतिले धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

पक्राउ परेपछि सिरोहियाले कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ