arrow

कैलाश सिरोहिया पक्राउबारे यसो भने प्रधानमन्त्रीले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
prachanda-03-09.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् ।  प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको सुनाए। 

उनले यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए । उनले कैलाश सिरोहियासँग सरकारको शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रूपमा लागे भन्ने हल्ला मात्रै रहेको बताए ।

उनले भने, ‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्ने कुरा गलत हो । उनसँग केको रिसिइबी । गृहमन्त्री व्यक्तिगत रूपमा आउनुभयो भन् नकुरा मान्छेले भन्ने कुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भई नै हाल्छ ।’


मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरले कार्यकक्षबाटै पक्राउ गरेको थियो । गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आफ्ना गल्ती लुकाउन शत्रुभाव देखाएर उनलाई पक्राउ गरिएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ