arrow

कांग्रेस रवि लामिछानेमाथि छानबिनको माग लिएर सडकमा, आइतबार काठमाडौँमा प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
congress-meeting-81-2-9g-(9.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै दबाब दिन सडकमा जाने निर्णय गरेको छ ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।

सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउँदै पहिलो चरणमा आइतबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको पनि जनाएको छ । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ