arrow

मिडिया सोसाइटीको विरोध

प्रचण्ड र ओलीको नागरिकताबारे पनि एक पटक खोजौँ  [भिडियो]

सिरोहियाको रिहाइ नभएसम्म निरन्तर सङ्घर्षरत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
shambhukar-kadel.jpg

काठमाडौँ ।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदलिएको छ कि भन्ने शंका गर्दै एक पटक खोज्न आग्रह गरेको छ । 

सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरी धनुषा पुर्‍याएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर सङ्घर्ष गर्ने बताए । उनले आफूहरूले बोलेर र लेखेर सङ्घर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि सङ्घर्षमा उत्रेको बताए ।

उनले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताए । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख गरे ।

उनले भने – ‘जहाँ जहाँ तानाशाही प्रकारको शासन व्यवस्था लाद्न चाहन्छन् । चुनाव जितेका हुन् । पार्टी बनाएका हुन् । संविधानमा लोकतान्त्रिक भनिएको होस् । तिनीहरूले गर्ने भनेको यस्तै अधिनायकवादी बाटो, निरंकुशताको बाटो हुँदो रहेछ । त्यसकारण नेपालमा अहिले खतरा के हो भने यो नयाँ खालको अधिनायकवादी तरिका मिडिया ओनरलाई तर्साएर मिडियालाई आफ्नो बशमा राख्छु । वा मिडियाको मुख बन्द गराउँछु भन्ने नयाँ खतरनाक प्रवृत्ति शुरु भएको छ । अर्को हाम्रो माग छ, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चाहन्छु, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदल्नु भएको छ कि ? मलाई शंका छ । आजकाल उहाँहरूको नागरिकता हाम्रो जस्तै कागजमा आउँछ । प्रतिलिपि निकालेको बोक्नु भएको छ । प्रतिलिपि निकाल्नुभन्दा पहिला त कैलाश सिरोहियाको जस्तै नेपाली कागजमै थियो होला । नेपाली कागजमा भएको नाम, थर, जिल्ला, उमेर, मितिको बारेमा नेपाल मिडिया सोसाइटीलाई पनि गम्भीर शंका छ । सबै पत्रकार साथीहरूलाई एकचोटी प्रधानमन्त्रीको र पूर्व प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको नागरिकताको विवरण पक्कै पनि फरक पर्‍यो होला कि ? बदलिएको छ कि ? त्यसबारेमा हामीले एक पटक खोजौँ । कैलाश सिरोहियाको रिहाइ नभएसम्म र उहाँमाथिको गिरफ्तारीको विरुद्ध निरन्तर सङ्घर्षरत छौँ । मिडिया सङ्घर्षरत भनेको हामी बोलेर हो । लेखेर हो । हाम्रो बोली र लेखाइ नै सबभन्दा ठुलो बल हो । हामीले बोल्ने र लेख्ने भनेको कैलाश सिरोहियाको माया लागेर नभएर कैलाश सिरोहिया बच्नुपर्छ । अन्य मिडियाजस्तै ऊ पनि बच्दा खेरी मात्रै नागरिकको आवाजलाई जनतासम्म पुर्‍याउन बल मिल्छ । र यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने हदमा मात्र हामीले यसको बारेमा विरोध गरेका हौँ । सङ्घर्षमा आएका हौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ