arrow

मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशकमाथि अर्को मुद्दा

कमिसन लिई विदेशी बैंकमा ६२ करोड बढी अकुत सम्पत्ति, श्रीमती र बाबुआमाका नाममा जग्गाजमीन

अकुत सम्पत्ति कमाएको अभियोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
bikal-poudel-surakchayan-mudran-kendra.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलविरुद्ध रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको बिगो दाबी गरिएको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । 

पौडेलले सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा रु २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ बराबरको रकम जम्मा गरेको पाइएको छ ।

यस्तै, विभिन्न सामान आपूर्तिकर्तासँग कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेकोसमेत आयोगको अध्ययनमा खुलेको छ । रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको रकमको कुनै पनि स्रोत नखुलेको पाइएकाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नामा समेत नगद जिन्सी, सवारी साधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरूलाई पनि आयोगले प्रतिवादी बनाएको छ । अयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



नयाँ