arrow

जसपा अध्यक्ष यादवसहितका नेता महाधिवेशन प्रतिनिधिमा निर्विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
upendra-yadhav-01-26.jpg
तस्बिर-फाइल

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् ।

बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट उनी सर्वसम्मत् रुपमा प्रतिनिधि चयन भएका हुन् । 

अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पङ्क्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरे ।

सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेशप्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, विनिता सिंहलगायत नेताहरूसमेत महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भए । 

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुँदैछ । 

अहिले देशैभरिबाट महाधिवेशनका लागि प्रतिनिधि चयन भइरहेका जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ