arrow

चण्डेश्वरी जात्राको अवसरमा रैथाने खाना महोत्सव जारी

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
chandeshwori-mela-kavre-81.jpg

बनेपा ।  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ जारी रहेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा शुरु भएको महोत्सव शनिबार १२ गतेसम्म सञ्चालन हुनेछ ।

बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहालले विभिन्न परिकार बनाएर एकसाथ महोत्सव उद्धघाटन गरे ।

रैथाने खानाको परिचय तथा प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक एवं काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालू (मुनाल) ले बताए ।

चण्डेश्वरी जात्राको भोजमा तयार गरिने समयवजी महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ । होटेल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जात्रा अबलोकन गर्न आउने इष्टमित्र, पाहुनालाई लक्षित गरेर महोत्सव गरिएको बताए ।

क्याटरिङ संघका अध्यक्ष शिवप्रसाद तिमल्सिनाले दुवै संघको सहकार्यमा यसअघि विभिन्न समयमा फुड फेस्टिबलहरु आयोजना गरिएको बताए ।

जिल्लाभर पाइने विभिन्न रैथाने परिकार पस्कने जमर्को गरिएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ