arrow

अठचालीस जना सवार सिंगापुर एयरलाइन्स टर्ब्युलेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
plane-turbulance-2024.jpg

काठमाडौँ । सिंगापुर एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ । बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए । 

मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु  भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ