arrow

शीर्ष नेताहरु बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
baluwatar-pm-quarter.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू गगनकुमार थापा, रमेश लेखक, कृष्ण सिटौला, हितराज पाण्डेलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । 

जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले संसद चालु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ