arrow

व्यास नगरप्रमुखको पुनःमतगणना असार २ गते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
vyas nagarpalika.jpg
तस्बिर-फाइल

तनहुँ । आगामी असार २ गते तनहुँको व्यास नगरपालिका प्रमुखको पुनःमतगणना हुने भएको छ ।

उच्च अदालत पोखराले गत जेठ १ गते गरेको फैसलाको सार्वजनिक पूर्णपाठअनुसार असार २ गते पुनःमतगणना हुन लागिएको हो ।

फैसलामा एक महिनाभित्र पुनःमतगणना गर्नु भनिएअनुसार उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न हुनेछ ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश दिएको थियो ।

नगरप्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गगरेका थिए ।

रिटमा अन्तिम सुनुवाई गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।

विसं २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनअन्तर्गत नगरप्रमुख बैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए भने जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

मतदानकै बेला व्यास नगरपालिका-८ रिस्तीमा मतपत्र च्यातिएपछि जोशीमाथि आक्रमण भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त वडाको मतदान केन्द्रको मतदान स्थगित गरी पुनः मतदान गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ