arrow

सेवा साना टापु राष्ट्रको चौथो सम्मेलनमा भाग लिन सेन्ट जोन्समा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
sewa-lamsal-speaker-foreign-ministry-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा भाग लिन शुक्रबार अपराह्न त्यसतर्फ प्रस्थान गरेकी छिन् । 

संयुक्त राष्ट्रसङ्घले सम्मेलन आयोजनामा गरेको हो । सम्मेलनका  क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका  हैसियतमा सचिव लम्सालले समूहको तर्फबाट मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साथै उनले आफ्ना समकक्षीलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गर्नेछिन् ।  

सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा हुनका साथै नयाँ दशकको लागि कार्य योजना प्रस्ताव हुनेछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ ।  

चौथो सम्मेलन “उत्थानशील समृद्धितर्फको मार्गचित्र” शीर्षकमा हुँदैछ । परराष्ट्र सचिव लम्साल जेठ १८ गते काठमाडौँ फर्कनेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ