arrow

संसद्को गरिमा र ओझ खस्कँदो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
agni-sapkota-03-11.jpg

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् ।शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए । संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि  संसद्मा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन नसकेको बताए । 

उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकटोक बिना संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।

उनले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ । भर्खरै मात्र हाम्रो पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुभएको छ । मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठुलो समस्या छैन । तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ । अहिले पनि छलफल जारी छ । निरन्तर जारी छ । नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । सकारात्मक वातावरण बनिरहेको भनिएको छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ