arrow

कोलम्बिया विमान दुर्घटना : जिवित पाँच मध्ये तीन ब्राजिलका फुटबलर

७६ को मृत्यु

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Alan-luciano.jpeg

एजेन्सी । कोलम्बियामा भएको विमान दुर्घटनामा जीवितै उद्धार गरिएका ६ मध्ये एक जनाको मृत्यु भएको छ भने जिवित रहेका पाँच मध्ये तीन ब्राजिलकै फुटबलर भएको खुलेको छ ।

बेलायती समाचार संस्था बीबीसीले अद्यावधिक समाचार भनेको छ, ‘सुरुवातमा छ जना जिवित रहेको जानकारी आएको थियो । तर, पछि प्रहरीले जिवित रहेका मध्ये एकको मृत्यु भएको जनायो ।’

फुटबल टोलीका गोलरक्षकहरु डानिलो र ज्याक्सन फोलमान र डिफेण्डर एलन लुसियानो रशेल जिवितै रहेका बताइएको छ । यस्तै, पत्रकार रफाइल हेन्जल र विमान चालक दलका सदस्य जिमिना स्वरेज पनि जीवितै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

बोलिभियाबाट ७२ जना यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको हो । दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ । विमानमा विद्युतीय समस्या आएपछि दुर्घटना भएको बताइएको छ ।

चार्टर गरिएको विमानमा ब्राजिलको साफाकोएन्स फुटबल टोलीका खेलाडी, प्रशिक्षक र पत्रकारको समूह रहेका बीबीसीले उल्लेख गरेको छ ।

फुटबल टोली दक्षिणा अमेरिकी  क्लब कप अन्तर्गत् मेडेलिनस्थित एथ्लेटिको नसिओनालसँग खेल्ने तयारीमा थियो । विमान दुर्घटनापछि वुधबार हुने भनिएको खेल नै रद्द भएको छ । विमान रातको समयमा पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ