arrow

मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
pokhara-nepal.jpg
तस्बिर-फाइल

पोखरा । पोखराको लेकसाइडमा सञ्चालित स्पा (मसाज सेन्टर) मा बालिकाहरुलाई काममा लगाउने गरेको पाइएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट खटिएको टोलीले विभिन्न १५ वटा स्पा अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो ।

अनुगमन टोलीले तीन स्पाबाट पाँच बालिकाको उद्धार गरेको छ । जसमा नेक्टर इको फुट स्पाबाट तीन, पञ्चासे स्पा एण्ड पार्लर र नमस्ते वेलनेस स्पाबाट एक एक बालिकाको उद्धार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यसअघि अनुगमन गर्दा पनि केही बालिकाको उद्धार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ