arrow

महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
bishwaprakash-sharma-81-2-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने कहिले दुई पासपोर्टमा तपाईंलाई कारबाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? भन्ने प्रश्न गरेका हुन् ।

यसअघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगिविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरेको छ । यो पहिलो चरणको विरोध कार्यक्रम हो । 

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो । 

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । सरकार भने कांग्रेसको माग दबाउँदै जतिसक्यो बढी नेपाली सहकारी पीडितलाई अझ बढी पीडामा पार्ने योजनामा लागेको कांग्रेसको बुझाइ छ । 

अधिकांश सहकारीका मालिकहरु एमालेका रहेकाले रविको छानबिन हुनासाथ एमालेका नेता कार्यकर्ता पनि फस्ने भएकाले यो विषयलाई गौण नै राख्न खोजिएको छ । 

छानबिन समिति बनाए पनि व्यक्तिको नाम नतोकी गर्नुपर्नेमा सत्ता गठबन्धनको जोड छ । 

कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ । 

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ