arrow

प्रदेश प्रमुख भट्ट पञ्चासेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
dilliram-bhatta-gandaki-pradesh-pramukh.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीयस्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उनले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै यात्रा गरेका हुन् ।

पोखरा २३ का अध्यक्ष रामकाजी गुरुङ र युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गरेका थिए ।

प्रदेश प्रमुख भट्टसहितको टोलीलाई पोखरा-२३ अध्यक्ष गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेललगायतले स्वागत गरी वडाका बारेमा जानकारी गराएका थिए ।

पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासेको मुख्य प्रवेशद्वार भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट करिबमा दुई घण्टा उकालो पैदलयात्रा गरेपछि पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन् ।

प्रदेश प्रमुखसहितको टोली पोखरा-२३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । सोक्रममा दम्दमे तमु समाज, कुद्बी डाँडा गाउँले तमु समाज, उपल्लो सिदाने समाज घरले स्वागत गरेको थियो ।

तल्लो सिदानेमा होमस्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्ग्यानिक खाजा खुवाएर स्वागत गरे । पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।

सिदाने गाउँबासीले प्रदेश प्रमुख समक्ष फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पोखे

। प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवर्द्धनको खाँचो औंल्याए ।

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । सात वटै प्रदेशका एक-एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजनाअनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ