arrow

मर्दी खोलामा डुबेर रिभानका थापाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
Kaski_District.png
फाइल तस्वीर

पोखरा । कास्कीको मर्दी खोलामा डुबेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभान, आनन्दठाँटी बस्ने बर्ष ४९ का शिवबहादुर थापा मगर छन् ।

आइतबार दिउसो करिब ४ः४० बजे रिभानस्थित शान्तिघाट नजिकै मर्दी खोलामा पौडी खेल्नेक्रममा डुबर उनको मृत्यु भएको वडाध्यक्ष नारायण पाण्डेले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिगएको टोलीले स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालेर पोष्टमार्टमका लागि पोखरा ल्याइएको छ ।

सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ