arrow

नदीजन्य सामग्री चोरी निकासीमा संलग्न टिपर नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
tifer-kaski.jpg

पोखरा । कास्की प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीविरुद्धको अभियान तीव्र बनाएको छ ।

प्रहरीले केही दिनदेखि निरन्तर अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाउँदै आएको छ । यस क्रममा प्रहरीले आज बिहान पनि तीन सवारी नियन्त्रणमा लिएको छ । 

आज बिहान ८ः३० बजे कास्कीको भुर्जुङखोलाबाट पोखरा आउँदै गरेका ग१ ५०४०, ग१क ५५१२ र ग१क ५५९८ नम्बरका टिप्पर नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

डीएसपी शर्माका अनुसार प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरी टोलीले तीन टिपर नियन्त्रणमा लिएर चेकजाँच गर्दा अवैध ढुङ्गा, गिट्टी, बालुवा बोकेका पाइएको हो । 

तीन वटै टिप्परलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको डीएसपी शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ