arrow

संघीय सरकारको बजेट आउँदै, विपक्षीलाई पेलेरै जाने नीति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
pm-office-new-2080.jpg

काठमाडौँ । संघीय सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउँदै छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ । तर विपक्षीका माग सम्बोधन नगरी जबरजस्ती बजेट ल्याउन लागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन । 

पछिल्लो समय सरकारले विपक्षीलाई पेलेर लगेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले पनि विपक्षीलाई पेलेरै अगाडि बढ्ने नीति लिएर संसदको गरिमा घटाउँदै विरोधबीच नीति तथा कार्यक्रम पारित गराएका छन् । 

बजेट आउन दिनुपर्ने दबाब कांग्रेसलाई रहे पनि कांग्रेसका जायज माग सम्बोधन गर्नुपर्ने जिम्मा सरकारको हो । दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

तर ठगी प्रकरणमा मुछिएका यथेष्ट प्रमाण हुँदाहुँदै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नै गर्न नहुने अडानमा उनको पार्टी रास्वपा र एमाले रहेको छ । एमालेलाई गिरीबन्धु टि–स्टेट प्रकरणको नीतिगत भ्रष्टाचारमा कारबाही हुने डर छ । 

सोही कारणले गर्दा एमाले पनि रविमाथि छानबिन भए आफ्नो दलमाथि पनि छानबिन हुने डरले एक अर्कालाई बचाउनमा लागिरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने निरीह देखिएका छन् । उनी आफू प्रधानमन्त्री त हुन् तर सबै रिमोट कन्ट्रोल एमाले अध्यक्ष केपी शर्मा ओलीले चलाइरहेका छन् । 

सुशासनको स्वाङ रचे पनि यो सरकार झनै भ्रष्ट हुँदै गएको यसका गतिविधिले देखाइरहेको छ । 

यसैबीच सरकारले तीन अर्ब बराबरको रकम पूर्व लडाकुका नाममा खर्च गर्ने गरी बजेटमा आउन लागेकोसमेत जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ