arrow

अल हिलाल साउदी प्रो लिग च्याम्पियन, रोनाल्डोको अल नासर उपविजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
al-hilal-saudi-2024.jpg

काठमाडौँ । अल हिलाल साउदी प्रो लिग फुटबल च्याम्पियन बनेको छ । चार खेल बाँकी रहँदै उपाधि उिपाधि जितिसकेको अल हिलाल लिगको एकमात्र अपराजित टिम हो । 

लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गर्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।  लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुल्यो । हिलालले १०१ गोल गर्दा केवल २३ गोल मात्रै बेहोर्यो ।

क्रिष्टियानो रोनाल्डो रहेको अल नासर दोस्रो भयो । नासरले ८२ अंक बटुल्यो । त्यस्तै अल एलीले तेस्रो भयो । शीर्ष तीनमा रहेका टिमले एएफसी च्याम्पियन्स लिग खेल्नेछन् । 

चौथो भएको अल तावनले एएफसी कप खेल्नेछ ।

१८ टिम रहेको प्रो लिगबाट अभा, अल ताइ र अल हाजिम रेलिगेसनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ