arrow

बस्दै विपक्षी दलहरुको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
congress-rpp-jasapa-losapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरी सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन् । 

आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरुको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ ।  संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ । 

सहकारी ठगी प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसदको अवरोध कायम रहेको छ । यस बैठकमा विपक्षी दलहरुले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

विपक्षी दलको बैठकपछि कांग्रेस संसदीय दलको बैठक
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज आउन लागेको बजेटका विषयमा छलफल गर्न आज बिहान ११ बजे कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । विपक्षी दलहरुको बैठकपछि कांग्रेसले आफ्नो बैठक बोलाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ