arrow

संसदीय समितिले अलमल

अताल्लिएको सरकारको पाराः बजेट भाषण ३ बजेदेखि मात्रै 

संसद बस्नुअघि दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएपछि संसदमा भाषण हुने, सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगाउन केही समय लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
Parliament_building.png

काठमाडौँ । बजेट भाषण हुने संसदको संयुक्त बैठक दुई घण्टा सारिएको छ । यसअघि आज दिउँसो १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा भाषण हुनेछ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।

सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् । 

प्रमुख विपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र ३  बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।

आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्नेछ ।

यसअघि बजेट भाषण ४ बजे हुँदै आएको भए पनि हतारिएको सरकारले दिउँसो १ बजे नै बजेट भाषण राखेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ